काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ सालको चुनावसम्म अहिलेकै गठबन्धन कायम रहने स्पष्ट गरेका छन् ।
नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जगारण सभालाई सम्बोधन गर्दै अहिले एमाले र काँग्रेस प्रतिस्पर्धी दल भएपनि अहिले देशलाई अराजकतातर्फ लान खोजिएको, लोकतन्त्रलाई समाप्त पार्न खोजिएपछि प्रतिस्पर्धा भन्दा एकतालाई महत्त्व दिँदै एक भएको बताएका छन् ।
यसबीचमा सरकारले बहुमत नपाउने, दशैँ देख्न नपाउने तिहारी पछि ढल्ने बताइएको भएपनि सरकार चलिरहेको भन्दै यो गठबन्धन २०८४ को निर्वाचनसम्म चल्ने बताए । उनले आफू २०८३ को असारसम्म प्रधानमन्त्री बन्ने र त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले एमाले आज सत्ता र सडकमा पनि रहेको बताउँदै पूर्वजहरूले बगाएको रगत खेर जान नदिने बताएका छन् । उनले एमाले देशको पहरेदारको रुपमा रहेको भन्दै अहिलेको समीकरणलाई कसैले हल्लाउन नसक्ने बताए ।
प्रतिक्रिया