काठमाडौँ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीले वीर अस्पताल पुर्याएको छ।
मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)काे कार्यालयबाट वीर अस्पताल लगिएको हो।
स्वास्थ्य परीक्षणपछि उनलाई हिरासतमा राख्ने अनुमतिका लागि अदालतमा उपस्थित गराइने छ।
प्रसाईंमाथि लिखतसम्बन्धी कसुर (किर्ते) र विद्युतीय कारोबार (साइबर) अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीको तयारी छ।
प्रसाईंले प्रधानमन्त्री एवं केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाइएका सामग्री सामाजिक सन्जालमार्फत् अफवाह फैलाएको आरोप छ।
प्रतिक्रिया