काठमाडौँ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार गृह जिल्ला डडेल्धुरा जाने भएकी छन् । परराष्ट्रमन्त्री देउवा आउने भएपछि नेपाली कांग्रेस डडेल्धुराले फूल मालासहित स्वागत गर्न नेता–कार्यकर्तालाई उर्दी जारी गरेको छ । पार्टी सभापति भीमबहादुर साउदले बुधवार एक विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्री राणा शुक्रबार दिउँसो ३:३० बजे गृह जिल्ला आउँदा डडेल्धुरा बसपार्कमा फूल मालासहित उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन्।
‘महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा कार्यसमितिहरु, टोल कार्यसमितिहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका सम्पूर्ण कार्यसमितिहरु, क्षेत्रीय प्रतिनिधिहरु, क्रियाशिल सदस्यहरु, उद्योगी व्यापारीहरु तथा नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरुलाई डडेल्धुरा बसपार्कमा फूल मालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं,’ साउदद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया