चाइना साउदर्न एयरलाइन्सको निओ जहाजद्वारा  ग्वान्जाओ–काठमाडौँ उडान सुरु, चीन–नेपाल मित्रतालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास 


काठमाडौँ। 

चाइना साउदर्न एयरलाइन्सको  निओ जहाजले ग्वान्जाओ–काठमाडौँ उडान सुरु गरेको छ।  मंगलबार चाइना साउदर्न एयरलाइन्सले आफ्नो ए ३२० निओ जहाजबाट ग्वान्जाओ र काठमाडौंबीचको उडानको औपचारिक रूपमा सुरुवात गरेको हो। 

 यसले चीन र नेपालबीचको हवाई सम्बन्धमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ। । चाइना साउदर्न एयरलाइन्सले यस उडानको स्तरोन्नतिमार्फत चीन–नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाउन तथा दुई देशबीचको मानवीय र आर्थिक आदानप्रदानलाई बढावा दिन थप सहज र आरामदायी हवाई पुल निर्माण गर्ने अपेक्षा गरेको छ।

ए ३२० निओ जहाजमा पहिलेको ए ३१९ निओ भन्दा बढी सिट क्षमता छ। यसको क्याबिन डिजाइन र सुधारिएको सिट व्यवस्थापनले  थप विकल्प प्रदान गर्नुका साथै उडानलाई अझ आरामदायी बनाउने  कम्पनीको भनाइ छ। । 

यस उडानमार्फत दुई देशबीच पर्यटन, संस्कृति र व्यापार जस्ता क्षेत्रमा अन्तरक्रिया र विकासलाई अगाडि बढाउने चाहनासहित यात्रुहरूलाई दक्ष र मैत्रीपूर्ण उडान अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध छ। साथै  काठमाडौँ उडानका लागि अनुभवी चालक दल तैनाथ गरेको र  भविष्यमा यात्रुहरूलाई थप सहज र उच्च गुणस्तरीय हवाई यात्रा सेवा प्रदान गर्न नयाँ उडान र जहाज स्तरोन्नति योजनाको खोजीलाई निरन्तरता दिने, चीन–नेपाल मित्रतामा नयाँ ऊर्जा थपिने कम्पनीले बताएको छ।