नवलपरासी।
पूर्वी नवलपरासीकाे गैंडाकोटमा आयाेजित गण्डकी प्रदेश महोत्सवको मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले समुद्घाटन गरेका छन् । सोमबार शाेभायात्रासहित गैडाकाेट नगर परिक्रमा पश्चात सुरू भएकाे महोत्सव आगामी मंसिर १० गते सम्म सञ्चालन हुनेछ ।
महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले समग्र कृषि र पर्यटन क्षेत्रकाे बिकासमा नीजि क्षेत्रकाे अहम भूमिका रहने हुँदा यसमा सबैलाई जाेडिन आह्वान गरेका छन् ।
हाम्रा सामाजिक बिकासकाे आधार कृषि र पर्यटन क्षेत्रलाई सघाउन गण्डकी प्रदेश सरकार तयार रहेको पाण्डेले बताए ।
मुख्यमन्त्री पाण्डेका अनुसार गण्डकी प्रदेशकाे दक्षिण तर्फ भारतसँगकाे जाेडिएकाे एकमात्र पारवाहन बिन्दु त्रिवेणी सम्मकाे पहुँचमार्ग बिस्तार र लाेकाहा उद्योग ग्राम निर्माणमा राज्य सरकार अघि बढेको छ ।
साेही अवसरमा कृषि,पर्यटन,उद्योग लगायत आर्थिक उपार्जनमा नयाँ नयाँ सम्भाव्यतालाई जोड्दै नीजि क्षेत्र अघि बढी रहकाे नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनले बताए ।
स्थानीय गैडाकाेट २ नारायणी किनारमा सञ्चालन भएकाे महाेत्सवमा ३ सय व्यवसायीक स्टल तथा दर्शककाे नविनतम आकर्षणमा एसी सहितकाे वाटर पार्क एक्युरियम रहेको छ ।
चाईना,दुबई लगायतका देश पुगेरमात्र देख्न सकिने अण्डर वाटर एसी पार्कमा ६ फिट सम्मका अनाैठा माछा र तिनका चालहरू देख्न सकिने बताईएकाे छ ।
महाेत्सवमा राष्ट्रिय कलाकारहरूका विविध सांस्कृतिक प्रस्तुति,प्रहसन तथा जातजातिका संस्कार संस्कृति झल्कने घर दैनिक प्रयाेगका समानकाे अवलोकन र परिकारहरूकाे स्वाद लिन सकिनेछ ।
प्रतिक्रिया