काठमाडौँ।
संघीय संसद, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको १० दिने औपचारिक भ्रमणका लागि आज अपराह्न्न चीनको छेन्दु प्रस्थान गरेकी छन् ।
जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिनका लागि उपाध्यक्ष घिमिरे चीनको छेन्दु प्रस्थान गरेकी हुन्।
उनी आज अपराह्न्न १२:२० बजेको सिचुवान एयरलायन्सको उडानबाट छेन्दु तर्फ प्रस्थान गरेकी छन् । कार्तिक २८ देखि ३० गते सम्म हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण गर्ने र जनकंग्रेसका प्रान्तीय पदाधिकारी तथा प्रान्तीय बिशिष्ट पदाधिकारीहरु संग भेटवार्ता गर्ने छन् । उनी भ्रमण सम्पन्न गरेर मंसिर ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
उपाध्यक्ष घिमिरेसंगै उनका श्रीमान् दुर्गाप्रसाद आचार्य र स्वकिय सचिव प्रेमबहादुर सिंह पनि भ्रमणमा सहभागी छन् ।
प्रतिक्रिया