नवलपरासी ।
समग्र उद्योग,कृषि तथा पर्यटन प्रवर्द्धनका लागि पूर्वी नवलपरासीकाे गैडाकाेटमा दाेस्राे गण्डकी प्रदेश महाेत्सवकाे आयाेजना गरिएकाे छ ।
यही कात्तिक २६ गतेबाट संचालनहुने महाेत्सवकाे तयारी पूरा भएकाे नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए ।
महाेत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ओैधाेगिक उत्पादन, कृषि,पर्यटन, हस्तकला तथा सूचना प्रविधिसंग सम्बन्धित बस्तुहरूकाे बृहद प्रदर्शनी रहने बताईएकाे छ ।
गैडाकाेट नगरपालिका २ नारायणी नदी किनारमा लाग्ने महाेत्सवका अन्य आकर्षणमा बाल उद्यान,व्यापारिक स्टल,अनाैठा माछा सहितकाे अन्डरवाटर पार्क,लगायत बिबिध साँस्कृतिक झलक रहनेछन् ।
महाेत्सव अवलाेकनका लागि आउने दर्शकहरूले नजिकैकाे नारायणी नदीमा बाेटिङ्ग, प्रसिद्ध माैलाकाली मन्दिरकाे दर्शनका साथै हिमाल,पहाड र तराईकाे दृश्यावलाेकन गरि थप मनाेरञ्जन लिन सक्नेछन् ।
महाेत्सव तयारी र संचालनमा भएकाे व्यवस्थापकीय खर्च काटेर प्राप्त हुने रकम प्रदेशकै व्यवसायीक प्रबर्द्धनमा लगाइने जनाईएकाे छ ।
प्रतिक्रिया