काठमाडौँ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बम राखेको हल्ला चलेपछि यात्रुहरु ओरालेर जाँच गरिएको छ । शनिबार दिउँसो ४ः३१मा जहाजभित्र बम रहेको सूचना आएपछि नेपाली सेना र प्रहरीले सबै यात्रुलाई आरालेर जाँच गरेको हो।
सुरक्षा जाँचबाट बम नहरेको पुष्टि भएको विमानस्थलले जनाएको छ।
काठमाडौँबाट भारतको नयाँ दिल्ली जानका लागि १६० जना यात्रु सबै जना बोर्डिङ भई सकेको तथा प्रस्थान हुने यात्रुहरुको लगेज व्याग समेत लोड गरिसकिएको बेला यस्तो सूचना आएपछि सबै यात्रु ओरालेर ती सबै लगेजहरू झारी पुनः जाँच गरिएको हो।
यसअघि पनि गत साता एयर इन्डियाकै जहाजमा बम रहेको हल्ला चलेको थियो। त्यसअघि भिस्ताराको जहाजमा पनि बम थ्रेटको सूचना आएको थियो। तर ती दुवैमा कुनै खतराजन्य पदार्थ भेटिएको थिएन।
प्रतिक्रिया