सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ


काठमाडौँ।

काठमाडौँको बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष भीम कुमारी तामाङ पक्राउ परेकी छन् ।

३६ वर्षीयातामाङलाई सहकारीको निक्षेप अपचलन गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो ।