काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहेका तुलाधरको स्मृतिमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानसहित विभिन्न संस्थाहरूले आज शंखधर साख्वा स्मृति पार्क, रत्नपार्कमा आयोजना गरेको स्मृति सभामा श्रद्धाञ्जली व्यक्त गरिएको हो।
प्रतिक्रिया