काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा प्रदर्शन गर्ने भएको छ। रास्वपाले आफ्ना सभापति रवि लामिछाने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ परेको भन्दै प्रदर्शन गरिरहेको छ।
रास्पवाले अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटारमा नेपाल हाउसको अगाडी मध्यान्ह १२ बजेदेखि प्रदर्शन गर्ने जनाएको छ।
यस अघि पोखराकेन्द्रित प्रदर्शन गरेको रास्वपाले अहिले काठमाडौँकेन्द्रित आन्दोलन गर्ने भने पनि आन्दोलनलाई सशक्त रुपमा अगाडी बढाउन सकिरहेको छैन।
सहकारी ठगी र सङ्गठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेको पक्षमा प्रदर्शन गरिरहेको रास्वपाले आम रूपमा जनताको समर्थन पाउन नसकेपछि आन्दोलनको स्वरूप परिवर्तन गरेको देखिएको छ।











प्रतिक्रिया