काठमाडौँ ।
बिहीबार नेप्से परिसूचक १८ अंकले घटेको छ । आज नेप्से १८.२५ अंकले घटेर २६२७. १४ विन्दुमा बन्द भएको छ ।
आज कुल ३१७ कम्पनीका एक करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी एसबीआई बैंकको शेयर मूल्य ९. ७५ प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोको शेयर मूल्य ७.८८ प्रतिशतले बढेको छ । त्यस्तै रावा इनर्जीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबैभन्दा बढी एनएलजी इन्सुरेन्सको ३४ करोड ३१ लाख २० हजार बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको सबै भन्दा बढी ५ लाख ६ हजार ९२ कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया