नगद र सुनका गहना चोरीमा संलग्न ६ जना पक्राउ


काठमाडौं ।

काठमाडौँको कीर्तिपुरबाट नगद र सुन चोरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ घर भएका २९ वर्षीय गोविन्द परियार, डोटी घर भएका ३० वर्षीय सुरेश नेपाली, धादिङ घर भएका २६ वर्षीय निशान ढुंगाना, ४१ वर्षीया गिता ढुंगाना, नुवाकोटका श्याम बहादुर सुनार र मकवानपुर घर भएका सुरज श्रेष्ठ ‘ओखरे’ छन् ।

उनीहरुले असोज ३० मा कीर्तिपुरस्थित सिता पौडेलको घरबाट सुन र नगद चोरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी जानकारी दिए ।

आरोपीहरूको साथबाट ३९ ग्राम सुन र १ लाख २० हजार नगद बरामद गरिएको एसपी जिसीले जानकारी दिएकाका छन् ।