लागु औषध खैरो हिरोईनसहित दुई जना पक्राउ


काठमाडौं ।

लागुऔषध खैरो हिराेइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेका छ ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा- ६ बस्ने २२ वर्षीय सरोज अधिकारी र साही वडा बस्ने २९ बर्षीय भुपेन्द्र बस्नेत रहेका छन् ।

आज बिहीबार बिहान ८:०० बजे नागढुङ्गा चेक प्वाइन्टमा काकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७३३६ नम्बरको यात्रुवाहक बसमा चेकजाचकाे क्रममा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।

उक्त बसको साईडको १२ नं. सिटमा सवार भई आएका सरोज अधिकारीलाई शंका लागि चेकजाँच गर्दा चुरोटको बट्टामा सेतो रंङ प्लाष्टिकमा लुकाई छिपाई गरी ल्याएको अबस्थामा प्रतिबन्धित लागुऔषध खैरो हिरोईन जस्तो देखिने ५ ग्राम फेला पारी बरामद गरेकाे छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।