दाेलखा ।
दाेलखाकाे भीमेश्वर नगरपालिका वडा नम्बर- ८ बाेचकाे चर्नावती पुल नजिक बिहिवार यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ, भने सातजना घाईते भएका छन् ।
काठमाडाैंबाट रामेछापकाे गुप्तेश्वर जाँदै गरेकाे बागमति प्रदेश ०१००६ ख ४८४३ नम्बरकाे बस बिहिवार दिउँसाे करिब १:४५ बजे दुर्घटना हुँदा रामेछाप उमाकुण्ड गाउँपालिका वडा नम्बर- ६ का २२ बर्षका लाेकबहादुर श्रेष्ठकाे मृत्यु भएकाे दाेलखाकाे प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
दाेलखा सदरमुकाम चरिकाेट स्थित च्छाे- राेल्पा जनरल अस्पतालमा उपचारकाे क्रममा श्रेष्ठकाे मृत्यु भएकाे प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
घाईते सात जनाकाे सदरमुकाम चरिकाेटका अस्पतालमा उपचार भै रहेकाे र उनीहरूकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । बसका अन्य यात्रुहरूलाई अर्काे सवारी साधन व्यवस्था गरि गन्तव्यतर्फ पठाईएकाे प्रहरी नायव उपरीक्षक खड्काले बताए ।











प्रतिक्रिया