श्रीमतीको हत्या गरी फरार भएका व्यक्ति पक्राउ


काठमाडौँ।

श्रीमतीको हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं ७ घर भई काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने ६०न वर्षीय जितबहादुर भन्ने काले तामाङ रहेका छन्।

नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं ७ घर भई काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पा गत बैशाख गते आफ्नै डेरा कोठामा मृत अवस्थाम भेटिएकी थिइन्।

अनुसन्धान गर्दै जाँदा प्रहरीले हत्या आरोपमा श्रीमान् जितबहादुर भन्ने काले तामाङलाई आइतबार भक्तपुरको छालिङबाट प्रहरीले पक्राउ गरेको छ। उनले श्रीमती डोल्मालाई कुटपिट गरी हत्या गरेको प्रहरीको आरोप छ।

उक्त घटनापछि जितबहादुर उपत्यकाका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएको र पछिल्लोपल्ट छालिङमा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको प्रहरीले जनाएको छ।