जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ


काठमाडौं।

दाङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-५ चैनपुर बस्ने १९ वर्षीय किरण चौधरी समेत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती किशोरीलाई सोही गाउँपालिका-५ मंघरस्थित खाली घरमा बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै , १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-३ बनगाई बस्ने दैलेख चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भएका २० वर्षीय प्रकाश परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रकाशले ती बालिकालाई सोही नगरपालिका-६ ठाडाफाटास्थित जयदुर्गा सामुदायिक वनमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।