गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन


गोरखा ।

गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको  यात्रुवाहक बस सम्पर्कविहीन भएको छ। शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ। 

गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोही कसैसँग सम्पर्क भएको छैन ।

मुग्लिनसम्म पुग्दा बसमा एक जना यात्रु र तीन जना स्टाफ गरी कुल चार जना सवार रहेका थिए। बस धादिङको खानी खोलासम्म पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।