नागरिकता किर्तेमा जिल्ला प्रशासनका नासु पक्राउ

11.47k
Shares

धादिङ ।

तिब्बती नागरिकलाई नागरिकता दिएको मुद्दाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय धादिङका नासुलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ ।

उपत्याका अपराध अनुसन्धान कार्यालयको अनुसन्धान र जिल्ला प्रहरी कार्यालयको मुद्दाको अनुसन्धान भईरहेकोले नागरिकता दिँदा किर्ते गर्न सघाएको आरोपमा नासु कृष्णबहादुर थपलियालाई पक्राउ गरिएको हो ।

कार्यालय समयमै थपलिया पक्राउ परेपछि जिल्ला प्रशासनमा कर्मचारी र कार्यालय प्रमुखको बैठक भएको थियो ।