यू-२० एसियन कपमा आज उज्बेकिस्तानको सामना गर्दै नेपाल


काठमाडौं ।

एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दै छ। न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु हुने छ।

समूह बीमा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ। अघिल्लो खेलमा कम्बोडियालाई ७-० को फराकिलो अन्तरले हराएको उज्वेकिस्तान तीन अंकसहित शीर्ष स्थानमा छ।

उज्वेकिस्तान समूहकै बलियो टोली हो । नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो।