२ लाख ५९ हजार बराबरको चीनी प्रहरीको नियन्त्रणमा


काठमाडौं ।

दुई लाख ५९ हजार बराबरको चीनी प्रहरीले नियन्त्रमा लिएको छ ।

बुधबार जिल्ला बारा, कलैया उपहानगरपालिका २५ बस्ने तजमो दिन अंसारीको घरमा भारतबाट भन्सार छली, चोरी पैठारी गरी चिनि र बोरा सिलाउने मेसिन राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेकाे हो ।

प्रहरी टोलीले चेक जाँच गर्दा २ लाख ५९ हजार बराबरको चीनी -६१ बोरा र बोरा सिलाउने मेसिन-१ थान वरीपरीका स्थानीयसँग सोधपुछ गर्दा कसैले दाबी नगरेकोले उक्त समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय वीरगंज बुझाइएको छ ।