– दशैंअघि साढे ३ सय व्यापारी र बिक्रेतासँग अन्तक्रिया
– स्वस्थ्य चौपायाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो लगाइने
– सिङ हेरेर मात्र खसीबोका किन्न महानगरको आग्रह
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले दशैंमा राजधानीवासीलाई स्वस्थ्य मासु खुवाउनुअघि महानगरका करिब साढे ३ सय मासु व्यापारी र बिक्रेतासँग अन्तक्रिया गर्नुका साथै तालिमसमेत दिएको छ।
कामपा पशु तथा पशुपंक्षी विभागका प्रमुख डा.अवधेश झाले दशैं, तिहार लक्षित चाडबाडमा महानगरवासीलाई स्वस्थ्य मासु खुवाउन अनुगनम शुरू गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–‘हामीले दशैंमा अस्वस्थ चौपाया र पंक्षीको मासु बिक्री हुन नदिने विशेष कार्यक्रम ल्याउने तयारी गरेका छौं। ‘त्यसको सुरुआत महानगरभित्र चौपाया बिक्री र काटमार गर्ने सबै व्यापारीलाई मासुजन्य पदार्थ बिक्री वितरण गर्दा ध्यान दिनुपर्ने अवस्थाको बारेमा जानकारी गराएका छौं’।
कामपाले ब्यापारी र बिक्रेतासँग मासु पसलमा सरसफाई, बध गर्ने स्थल,पशुको स्वास्थ्य अवस्था, हातहतिहारको अवस्थालगायत सबै विषयमा तालिम दिएको छ। तालिममा अधिकांश व्यापारीले स्थान अभावका कारण बध गर्न समस्या परेको धारणा राखेका थिए।
विभागीय प्रमुख झाले दशैं, तिहारलगायत चाडबाडमा काठमाडौंवासीलाई स्वस्थ्य मासु खुवाउन अनुगमन शुरू गरेको हो । कामपाले विगत वर्ष जस्तै यो वर्ष पनि घटस्थापनादेखि नवमीसम्म राजधानीको आधादर्जन स्थानमा स्वास्थ्य परीक्षण गर्न लागेको हो।
स्वास्थ्य परीक्षणपछि स्वस्थ्य चौपायाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाउने तयारी थालेको छ। विभाग प्रमुख डा. झाले राजधानीको कलंकी, टुकुचा, बालाजु र कोटेश्वर र खाद्य संस्थानको बिक्रीकक्षमा चौपायाको स्वाथ्य परीक्षण गर्न लागेको हो । उहाँले स्वास्थ्य परीक्षण नगरेका चौपायाखरिद नगर्न आग्रह गर्नुभयो ।
प्रदेश र संघ सरकारसहितको संयोजनमा पशु चिकित्सकसहितको टोलीले परीक्षण गर्नेछ। टोलीले काठमाडौं भित्रिने चौपायाको सिङमा हरियो रङ लगाएको चौपाया खान योग्य भएको सिफारिस गरेपछि मात्र खरिद गर्ने व्यवस्था कामपाले गरेको छ। महानगर भन्छ– ‘सिङमा हरियो लगाएको खसीबोका मात्र किन्नुहोस,अस्वस्थ नकिन्नुस् ।’
कामपाले दशैंमा भित्रिने खसीबोका,भेडा च्याङ्ग्रावितरण स्थलको अनुगमनतथा स्वाथ्य परीक्षण कार्यक्रम अन्तर्गत परीक्षण गर्न लागेको हो। यसअघि कामपाले चौपाया बिक्री स्थान र मासु पसल, वधशालालगायतका स्थानमा समेत अनुगमन थालिसकेको छ। हामीले दशैंको समयमा आकस्मिक अनुगमन गर्ने कार्य योजना तयार गरेको विभागीय प्रमुख झाको भनाइ छ। महानगरले चौपाया बिक्रीस्थलमै आइसोलेसन सेन्टर बनाउने र तत्काल उपचार सम्भव भएका चौपायाको सोही स्थानमा स्वाथ्य परीक्षण र उपचार गर्ने तयारी गरेको छ।
कामपाले कलंकी, बिजुलीबजार र बागबजार खसीबजारमा अनुगमनसमेत गर्ने तयारी गरेको छ । स्वास्थ्थ परीक्षण गर्ने बिक्री केन्द्रमापशु चिकित्सक, सहायकसहितको टोली परिचालित हुने छ । कामपाका प्रवक्ता नवीन मानन्धरले विगत वर्षको भन्दा यो वर्ष थपव्यवस्थित रूपमा स्वास्थ्य परीक्षण र बजार अनुगमन गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–‘सकेसम्म चौपाया भित्रिने सबै नाकामा अनुमगन गर्ने तयारी थालेका छौं । चौपाया मात्र होइन अन्य क्षेत्रमा पनि अनुगमन गर्नेछौं। करिब एकसाता अघि बसेको बैठकमा बजार अनुगमन गर्ने विषयमा छलफल भएको बताउनुभयो ।
उहाँले दशैं अगाबै थुप्रै स्थानमा पशु चौपायाको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्ने तयारी गरेका छौं ।
प्रमुख डा.झाले संघले मात्र मासु परीक्षक राख्ने व्यवस्था भएका कारण कामपाले व्यवस्था नगरेको जानकारी दिनुभयो। तर,दशैंमा जिल्ला पशुसेवा कार्यालय वा भेटेनरी जनस्वाथ्य कार्यालय वा स्वतन्त्र भेटेनरी चिकित्सकको सहयोगमा चौपायाको स्वास्थ्य र मासु निरीक्षण गर्ने छ ।
मासु निरीक्षकको अभावमा राजधानी वासीले कस्तो मासु खाने गरेको भन्ने विषयमा कुनै जानकारी पाउन नसकेको अवस्थामा कामपाले दशैंमा भने स्वास्थ्य परीक्षण गर्न लागेको छ।
विभागीय प्रमुख डा. झाले चालू आर्थिक वर्षदेखि नियमित रूपमा मासु परीक्षण र अनुगमन जारी राखेको बताउनुभयो । प्रवक्तामानन्धरले यो वर्ष थपव्यवस्थितरूपमापशु चौपायाको स्वास्थ्य परीक्षण हुने जानकारी दिनुभयो ।
प्रतिक्रिया