मरिण खोलामा डुबेर एक जनाको मृत्यु 

7.61k
Shares

सिन्धुली । 

सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटार स्थित मरिण खोलामा आज डुबेर एक जना किशोरको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कका १९ बर्षका लाल बहादुर खपाङ्गी मगरको पौडी खेल्नेक्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 पढ्नको लागि हाल कमलामाई नगरपालिका ६ पानीट्याङ्कीमा कोठा लिई बस्दै आएका मगर आज दिउँसो पौडी खेल्न साथीहरुसँग मरिण खोला पुगेका थिए । पौडी खेल्न नआई पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।