म्हैपीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काठमाडौं।

काठमाडौं महानगरपालिका-१६ मैह्पी करिडोर नजिकै सडकमा ग.१४ प ६४४३ नम्बरको मोटरसाइकल र बा.४ ख ८६८५ नम्बरको मिनि ट्रक एकआपसमा ठक्कर खाई बुधबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाग्लुङ, बाग्लुङ नगरपालिका-१२ घर भएका २५ वर्षीय बिनोद खड्काको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।