इन्द्रजात्रा समारोहमा बालेनको तस्बिर अङ्कित टिसर्ट लगाएका युवायुवती प्रहरीले बाहिर निकाल्यो


काठमाडौं ।

इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बिर अङ्कित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई  समारोहस्थलबाट निकालिएको छ । 

प्रहरीले उनीहरूलाई समारोह स्थलबाट निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरुलाई हटाएको बुझिएको छ ।

काठमाडौँ महानगरले  इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने गर्दछ । अघिल्लो बर्षको कार्यक्रममा राष्ट्रपति प्रधानमन्त्रीको उपस्थिति युवायुवतीहरुले बालेनको जयजयकार गरेका थिए ।

यसपालि भने बालेनको उपस्थिति निश्चित रहेको छैन । उनी भारत गएकाले आज यस कार्यक्रममा उपस्थिति अनिश्चित बनेको हो ।