संसद् अधिवेशन आजबाट अन्त्य


काठमाडौं ।

सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबारको बैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।

माओवादीले ‘हिंसा’ शब्दप्रति आपत्ति जनाउँदै संसद्को अवरोध जारी राखेपछि सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।