कृषि सरह ब्याजदरमा कर्जा उपलब्ध गराउन पेट्रोलियम व्यवसायीको माग 

940
Shares

बुटवल। 

कृषि सरह ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउन रुपन्देहीका पेट्रोलियम व्यवसायीले सरकारसँग माग गरेका छन् । पेट्रोलियम व्यवसाय अत्यावश्यक र सेवामुखी भएको र सरकारले तोकेको मूल्यमा  विक्री वितरण गर्नुपर्ने भएकाले पेट्रोलियम व्यवसायलाई कृषि सरह व्याजदरमा कर्जा दिनुपर्ने पेट्रोलियम व्यवसायीको माग रहेको छ ।  

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन रुपन्देहीको १९ औं वार्षिक साधारण सभामा बोल्ने पेट्रोलियम व्यवसायीले सेवामुखी व्यवसायप्रति तिनै तहका सरकारहरु गम्भीर नभएको बताए ।पम्प भएका ठाउँमा प्रवेश र निकासको व्यवस्था मिलाउन पेट्रोलियम व्यवसायीले सडक विभागसंग माग गरेका छन् । उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जेष्ठ व्यवसायी पृथ्वीराज भुसालले सम्पती कमाउने नाममा सेवामुखी व्यवसायलाई बदनाम गराउन नहुने बताउँदै व्यवसायीका समस्याप्रति पेट्रोलियम डिलर्स एसोसिएसन जबाफदेही र जिम्मेवार हुनुपर्ने धारणा राखे ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले व्यवसायीको संरक्षण, सम्बद्र्वन र हकहितका लागि प्रयास भैरहेको बताए।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन रुपन्देहीका अध्यक्ष हिमाल गैरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायीका समस्या समाधानका लागि राज्य पक्षसँग पहल गरिरहेको बताए । 

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शंकर श्रेष्ठ, तिलोत्तमा उद्योग वाणिज्य संघका निःवर्तमान अध्यक्ष गुणनिधी भण्डारी, टै्याङकर व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राकेशकुमार कसौधन, पे्रस सल्लाहकार खिमानन्द भट्टराई लगायतले बोल्दै गुणस्तरीय पेट्रोलियम पदार्थ उपलब्ध गराउन सुझाव दिएका छन् ।महासचिव हरिराम कसौधनको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन पास गरिएको थियो ।