सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा


 ललितपुर।

 सैबु खानेपानी तथा सफाइ उपभोक्ता समितिको अध्यक्षमा दीपक थापामगर निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न सातौँ अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्ष, सह कोषाध्यक्षमा क्रमशः विनोद कुँवर, विसुराम थापा, निरु कुँवर, धनश्याम थापामगर र नारायण थापा चयन भएका छन् । 

 कार्यसमितिको सदस्यहरुमा गंगादेवी खड्का, सुदर्शन कुँवर, भगवती थापा, लक्ष्मी केसी,सुरेश थापा, शेषानन्द सञ्जेल र भगवती सापकोटा चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष थापामगरले अघिल्लो कार्यसमितिले गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने बताए । उनले भने–थुप्रै योजनाहरु छन् । मेरो कार्यकालमा अधिकांस पूरा  गर्नेछु । कार्यक्रममा ललितपुर महानगरपालिका –१८का वडा अध्यक्ष दामोदर खड्काले वडाका ४० प्रतिशत जनसंख्यालाई खानेपानी आपूर्ति गरेर उत्कृष्ट कार्य गरेको बताए । उनले वडाको चालु आवको बजेटमा ८ लाख रुपियाँ  अनुदान दिएको  जानकारी दिए । 

 उनले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष नवराज कुँबरले आफ्नो दुई कार्यकालमा खानेपानी वितरण र व्यस्थापनलाई सुधार गरेको जानकारी दिए । उनले समितिले आगामी वर्ष नया बोरिङ गर्ने, पानी वितरण सेवालाई सहज पार्न २ लाख लिटर क्षमताको नयाँ  रिजर्भ ट्याङ्की निर्माण गर्न पहल गर्ने, पानी वितरण प्रणालीलाई ब्यावसीक रुपमा सञ्चालन गर्ने, सय केभिएका ट्रान्सफर्मर जडान गर्ने र रिजर्भ ट्याङ्की भएको स्थानमा थप पानी फिल्टर गर्न फिल्टर प्लान्ट जडान गर्ने बताए । 

  बिसं २०६६ सालमा सैबु खानेपानी तथा सररफाई उपभोक्ता समिति गठन भएको थियो ।  त्यसको ४ वर्षपछि २०७० सालमा जिल्ला जलस्रोत समितिमा दर्ता भएर काम सुरु गरेका थियो । लगत्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र सैबु खानेपानी तथा सरसफाई उपभोक्ताबीच सम्झौता भएर  सैबु खानेपानी आयोजना सुरु भएको थियो । समितिले हालसम्म ४ सय १९ घरधुरी र ७ सार्बजनिक धारा जडान गरेको थियो ।

  कार्यक्रममा समाजसेवी गोपालराम पौडेलले समितिले खानेपानी विरण प्रणालीलाई थप व्यवूिस्थत बनाउनुपर्ने बताए । वालकुमारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किशोर कुँवर, अघिल्लो कार्यकालका सचिव विसुराम थापा, दीपक थापा मगर, घनश्याम थापा मगरले आ–आफ्नो धारणा राखेका थिए ।