काठमाडौँ ।
नेप्सेमा आज ७८ अङ्कको वृद्धि भएको छ । विहीबार नेप्सेमा ७८.१७ अङ्कले बढेर २६८८.३८ विन्दुमा रोकिएको छ ।
आज ३१८ कम्पनिको कारोबार हुँदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इस्टर्न हाइड्रो र रावा इनर्जीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा बढी सिइबिडि हाइड्रोको सबै भन्दा बढी ४७ करोड ६५ लाख ८ हजार ९० बराबरको शेयर कारोबार भएको छ । त्यस्तै हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबैभन्दा बढी ९ लाख ९१ हजार १३७ कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया