श्री एयरलाइन्सको अफर : एउटा टिकट किन्दा अर्को सित्तैमा

75.29k
Shares

काठमाडौं ।

श्री एयरलाइन्सले काठमाडौं-पोखरा गन्तव्यमा यात्रा गर्ने यात्रुको लागि अफर ल्याएको छ ।

यात्रुले एउटा टिकट लिदा अर्को सित्तैमा पाउने प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । श्री एयरले भदौ २३ गतेदेखि असोज ४ (सेप्टेम्बर ८ देखि २०)सम्मका लागि यो अफर ल्याएको हो ।

यस अवधिमा टिकट लिएका यात्रुहरूले असोज १४ (सेप्टेम्बर ३०) सम्म यात्रा गर्न पाउने छन् । श्री एयरलाइन्सले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न यस्तो अफर ल्याएको प्रवक्ता मानन्धरले जानकारी दिए । एयरलाइन्सले यसअघि पनि विभिन्न गन्तव्यमा यस्तो अफर ल्याएको थियो ।