नेप्से १२ अंकले घट्यो, ९ अर्बको कारोबार


काठमाडौँ ।

 नेप्सेमा आज १२.१० अंकको गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात् १२.१० अंकले घटेर २७२७.३६ अंकमा झरेको छ ।

बिहीबार ३१६ वटा कम्पनीको कारोबार हुँदा  ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ बराबरको कारोबार भएको छ ।

आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा  सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्सको सबैभन्दा बढी ८.९१ प्रतिशत शेयर मूल्य घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । आज नेपाल फाइनान्सको ४० करोड ५० लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको ६ लाख ७६ हजार ७३ कित्ता शेयर किनबेच भएको छ ।