सुन्दरीजलमा एक युवतीको शव भेटियो


काठमाडौँ।

गोकर्णेस्वरस्थित सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार सुन्दरीजलको खोला किनारको चेपमा युवतीको शव भेटिएको हो ।

अहिलेसम्म शवको पहिचान भएको छैन । घटनास्थल मुचुल्का गरेर शव उठाउने तयारी भइरहेको एसपी अधिकारीले जानकारी दिए ।