उदयपुरमा आमा छोरा मृत भेटिए


उदयपुर ।

 उदयपुरको कटारी नगरपालिका १० मा एकै परिवारका आमा छोरा मृत भेटिएका छन् । कटारी १० सोरुङ निवासी अन्दाजी ४० वार्षिक निर्मला थापा र छोरा ६ वार्षिक आरुस थापा मृत भेटिएका हुन् । आफ्नै घर भित्र रगतले लतपतिएको अवस्थामा लास भेटिएको  कार्यपालिका सदस्य गिरीले जानकारी दिए ।

 बालकको घाटीमा धारिलो हतियारले काटेको जस्तो देखिएको छ भने महिलाको लास घोप्टिएको अवस्थामा रहेको र प्रहरीलाई गाउँलेले खबर गरिसकेकोले प्रहरी घटनास्थल तर्फ जाँदै गरेको पनि  गिरीले जानकारी दिए । आमा छोराको हत्या भएको हुनसक्ने बताइएको छ ।

यस बारेमा इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान सुरु गरेकोले घटनाका बारेमा विस्तृत विवरण पछि आउने जनाइएको छ ।

निर्मलाका श्रीमान् कान्छी श्रीमती लिएर भारतमा बस्दै आएको र गाउँमा निर्मला र ६ वर्षका छोरा आयुष थापा पसल गरेर जीवन यापन गर्दै आएका थिए ।

घटना स्थल पहाडी क्षेत्रमा रहेका कारण पानी परिरहेकोले प्रहरी घटनास्थलमा जाँदै गरेको हुँदा घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ।