चरिकोटमा ‘फूल: सुरुदेखि अन्त्यसम्म’ फोटो प्रदर्शनी  

1.32k
Shares

दोलखा।

फोटो पत्रकार जीवन लामाको सक्रियतामा दोलखा सदरमुकाम चरिकोटस्थित लक्ष्मी लजको हलमा बुधवार (आज) बाट ‘फूल: सुरु देखी अन्त्यसम्म’ फोटो प्रदर्शनी सुरु भएको छ । 

चरिकोट मिडिया फाउण्डेशनको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह दोलखाको समन्वय तथा रुपकला चरिकोटको प्रवद्धनमा सुरु भएको फोटो प्रदर्शनीमा विभिन्न व्यक्तिहरुले खिचेको फरक– फरक प्रजातिका फूलहरु राखिएका छन् ।

प्रर्दशनीमा दोलखा जिल्लाको सबैभन्दा कम उचाँईको स्थानदेखि  सबैभन्दा बढी उँचाईको स्थानमा पाइने विभिन्न प्रजातिको फूलहरु राखिएको आयोजक चरिकोट फाउण्डेशनका अध्यक्ष फोटो पत्रकार जीवन लामाले बताए । 

फोटो प्रदर्शनीले जिल्लामा पाइने महत्त्वपूर्ण फूलहरुको संरक्षणमा टेवा पुग्ने र यसको अध्ययनमा आउनेहरुको लागि सहज हुने अपेक्षा राखिएको लामाको भनाई छ । 

प्रर्दशनीमा राखिएको फूलका फ्रेमहरु किन्न चाहनेले आफूलाई मन परेको फूलको फ्रेम बुक गर्न सक्ने र प्रदर्शनीको अन्तिम दिन बिहीबार लान सक्ने लामाले बताए । फूलका फ्रेमहरु एउटाको १५ सय, दुई वटाको २५ सय र तीनवटाको ३५ सयमा प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।