ऐतिहासिक पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत 


काठमाडौं ।

पारालिम्पिक्समा ऐतिहासिक  काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन्। पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो।

पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए। विमानस्थलबाट पलेशालाई नगर परिक्रमा गराइएको छ। त्रिभुवन विमानस्थलमा ओर्लेलगत्तै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो।