सुआरेजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास


काठमाडौं ।

उरुग्वेका सुपरस्टार फुटबलर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३७ बर्षिय सुआरेजले उरुग्वेको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन्।

सुआरेजले अब आफ्नो उरुग्वेका लागि अन्तर्राष्ट्रिय खेल आगामी शनिबार पराग्वेविरुद्धको खेल नै अन्तिम हुने बताएका छन् । सुआरेज अहिलेसम्म उरुग्वेका लागि सर्वाधिक गोलकर्ता समेत हुन् ।

उनले उरुग्वेका लागि अहिलेसम्म १४२ खेल खेल्दै ६९ गोल गरेका छन् । सुआरेजले १९ बर्षको उमेरमा २००७ मा उरुग्वेका लागि डेभ्यु गरेका थिए। उनले २०१०, २०१४, २०१८ र २०२२को विश्वकप समेत खेलेका थिए। हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका सुआरेजले क्लब फुटबललाई भने केहि वर्ष निरन्तरता दिने छन्।