टानको अध्यक्षमा माओवादीनिकट सागर पाण्डे विजयी


काठमाडौं ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । कांग्रेस एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै माओवादी केन्द्र निकट पाण्डे अध्यक्षमा विजयी भएका हुन्। आज बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरे।

टानको वरिष्ठ उपाध्यक्षमा सापकोटा प्यानलका कर्मा शेर्पा ५५८ मतका साथ विजयी भएका छन्। उनले पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै जित हात पारेका हुन्। यस्तै प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल निर्वाचित भएका छन् भने द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन्।

महसचिवममा भने पाण्डे समूहका सोनाम ग्यल्जेन शेर्पा निर्वाचित भएका छन्। उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुवेदीलाई पराजित गरेका हुन्। त्यसैगरी सचिवमा रिन्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन्।