नेप्सेमा हरियाली: १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार


काठमाडौँ ।

नेप्सेमा आज हरियाली छाएको छ । सोमबार नेप्से १२७.२५ अङ्कले बढेर २८२३.२५ विन्दुमा पुगेको छ ।

सोमबार ३३५ कम्पनीको कूल ३ करोड १४ लाख ३०   हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२  मा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज नेशनल हाइड्रोसहित सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी उन्नति कोषको शेयर मूल्य सबै भन्दा बढी ४.७१ प्रतिशतले घटेको छ ।

आज गुडविल फाइनान्सको सबै भन्दाबढी ४६ करोड ५२  लाख ५१ हजार ९०० को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज साबि भन्दा बढी अपि पावरको सबैभन्दा बढी १२ लाख २५ हजार ९४९ कित्ता शेयर कारोबार भएको छ ।