नक्कली नोट बनाउन प्रयोग हुने मेसिनसहित आठजना पक्राउ


सर्लाही।

प्रहरीले सर्लाहीको गोडैता नगरपालिका–१२ मधुब गाउँबाट नक्कली नोट बनाउन प्रयोग गरिने मेसिनसहित आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ घर भएका २६ वर्षीय सौगात थापा मगर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ४७ वर्षीय विजय लामा, सर्लाहीको गोडैता नगरपालिका–१२ मधुबनी गाउँ बस्ने ३२ वर्षीय जनार्धन सिंह ,रौतहटको चन्द्रपुर नगरपालिका नराई टोल बस्ने ३७ वर्षीय विशाल राई , ललितपुरको ललितपुर महानगरपालिका–१ कुपनडोल बस्ने ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाङ्गुनारायण नगरपालिका–५ बस्ने ३७ वर्षीय अमिर खत्री, भारत सीतामढीका थाना ४९ वर्षीय राजिव ठाकुर र भारतकै मेजरगन्ज बस्ने ४० वर्षीय सुवोध कुमार रहेका छन्।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसभन्दा अघिपनि प्रहरीले सर्लाहीका विभिन्न स्थानबाट नक्कली नोट बनाउनेलाई पक्राउ गर्दै आएको छ।