म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित


काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा लुइस डियाजले २ तथा मोहमद सलाहले एक एक गोल गरेका थिए। यो जितपछि लिभरपुलले यस सिजनमा लगातार तीन खेलमा जित हासिल गर्दै ९ अङ्क बनाएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यस सिजनमा यो दोस्रो हार हो। यो हारपछि म्यानचेस्टर युनाइटेडको ३ खेलमा ३ अङ्क रहेको छ र लिगमा १४औँ स्थानमा रहेको छ।