चार टिमलाई उपाधि


काठमाडौं ।

एचएचसीए, भ्याली पब्लिक, पिपल्स एकेडेमी र गोल्डेनपिकले आठौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। एचएचसीए सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्स, पिपल्स जुनियर ब्वाइज र गोल्डेनपिक स्टाफतर्फ च्याम्पियन बने।

सिनियर ब्वाइजको फाइनलमा एचएचसीले ज्ञान निकेतनलाई २१–९ ले पराजित गर्‍यो। सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले निस्टलाई ११–७ ले हरायो।

बसुन्धरास्थित श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) द्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजको फाइनलमा पिपल्सले लालीगुराँस नेसनल एकेडेमीलाई ८–९ ले पाखा लगायो । स्टाफको फाइनलमा गोल्डेनपिकले महामञ्जुश्रीलाई २०–१८ ले पन्छायो ।
सिनियर ब्वाइजमा एचएचसीएका डेविड राई, सिनियर गर्ल्समा भ्याली पब्लिककी प्रकृति खड्का, जुनियर ब्वाइजमा पिपल्सका बचन राई र स्टाफमा गोल्डेनपिकका अमृत चित्रकार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।