सामूहिक करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ

9.21k
Shares

बुटवल। 

 रुपन्देहीमा जबरजस्ती करणीको आरोपमा कोटहीमाई गाउँपालिकाका दुई कर्मचारीसहित ३ जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जबरजस्ती करणी आरोपमा ३ जनालाई हिरासतमा लिएको पुष्टि गरे  । यद्यपि  यो विषय अनुसन्धानमै रहेको कारण उहाँले आरोपितको नाम भने सार्वजनिक गरेनन् । 

पीडित नाबालिक रहेको र उनलाई रोजगारीको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ । 

श्रोतका अनुसार पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी ३२ वर्षीय मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका छोरा ३५ वर्षीय छोरा बंटी भन्ने शैलेश पाण्डे रहेका छन् । 

यस विषयमा अनुसन्धान भइरहेको र थप कुरा पछि सार्वजनिक गर्ने डिएसपी भट्टले बताए ।