शंखमूल पुरूष हत्या प्रकरण : एक जना पक्राउ

22.65k
Shares

काठमाडौं ।

काठमाडौंको शंखमूलमा एक जना पुरूषको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-७ घर भई काठमाडौं-१० साइबाबा पार्कमा बस्ने २२ वर्षीय एमके कुमार छन्।

काठमाडौं महानगरपालिका-१० शंखमूल साइबाबा पार्कस्थित दुई तले घरमा बस्ने ४९ वर्षीय रूपक बान्तवा राईको हत्या भएको थियो।

उनको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनलाई प्रहरीले बुधबार बिहान सवा १० बजे डेराको कोठाबाट पक्राउ गरेको एसपी अधिकारीले बताए। एसपी अधिकारीका अनुसार पुरानो रिसइबीका कारणले रडले प्रहार गरी हत्या गरेको उनीमाथि आरोप छ।

प्रहरीले उनलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वरमा राखेको छ। प्रहरीले घटनामा प्रयोग भएको रड र मृतकको चेक, चस्मा, व्याग र लुगा पनि बरामद गरेको छ।