महिला भलिब लिग असोजमा


काठमाडौं ।

एभरेस्ट महिला भलिबल लिग (ईडब्ल्यूभीएल) को पहिलो सिजन अर्को महिनामा हुने तयारी भइरहेको आयोजक इन्फिनीटी ड्रिम्सले जानकारी गराएको छ। लिग असोज १४ गतेदेखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने आइतवार जानकारी दिइएको हो।

घरेलु र अन्तर्राष्ट्रिय खेलाडीको उपलब्धता र भलिबल क्यालेन्डरलाई ध्यानमा राखेर मिति तय गरिएको बताइएको छ। ईडब्ल्यूभीएलमा ६ टिमले मार्की खेलाडी, प्रशिक्षकसहित टोलीको घोषणा गरिसकेका छन् । मधेश युनाइटेडले २ विदेशी खेलाडी अनुबन्ध गरेको छ।

टिम र खेलाडी यसप्रकारका छन् ।
टिम गण्डकी : सरस्वती चौधरी (मार्की खेलाडी), प्रगति नाथ, लक्ष्मी चन्द, रिमा कुँवर, कविता भट्ट, आरती चौधरी, स्नेहा ठगुन्ना, सरस्वती जैशी
प्रशिक्षक : रुपेशकुमार विष्ट
टिम काठमाडौं : उषा भण्डारी (मार्की खेलाडी), आरती सुवेदी, कोपिला राना, कमला पुन, उषा विष्ट, निशा महर, वसन्ती साउद, रश्मिता दुरा
प्रशिक्षक : जगदीशप्रसाद भट्ट
टिम मधेशः निरुता ठगुन्ना (मार्की खेलाडी), पुजा थारु, संगम महतो, शान्ति तामाङ, हिरा केसी, आशिका क्षेत्री, एलिशा मानन्धर
विदेशी खेलाडी : यभजिनीया कालिनोभा (काजाकिस्तान) र योस्रा जेरामदिनी (ट्युनिसिया)
प्रशिक्षक : भरत यादव
टिम ललितपुर : सलिना श्रेष्ठ (मार्की खेलाडी), पुनम चन्द, कामना विष्ट, सफिया पुन, निशा चौधरी, अनुषा चौधरी, नेहा चौधरी, भावना तामाङ
प्रशिक्षकः उत्सव खड्का

टिम कर्णाली : सुमित्रा रेग्मी (मार्की खेलाडी), मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्गी, गरिमा बोहोरा, पशुपति बोहोरा
प्रशिक्षक : कुमार राई

चितवन शक्ति : अरुणा शाही (मार्की खेलाडी), सलिना बुढामगर, जेनिशा विश्वकर्मा, एन्जिला प्रधान, सुनिता खड्का, भावना डाँगी, वाल्मिका आचार्य, सरस्वती कट्टेल
प्रशिक्षक : अर्जुन घिमिरे