४ लाख बढीको सामानसहित चार जना पक्राउ


रौतहट ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतको गस्ती टोलीले लाखौं बराबरको अबैध भारतीय सामानसहित ४ जना मानिसलाई पक्राउ गरेको छ ।

प्रहरी गस्ति टोलीले विभिन्न समय र स्थानबाट भंसार छली, चोरी निकासीको चार लाख एकईस हजार पाच सय नब्बे बराबरको सामान सहित ४ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार बरामद १ लाख ४१ हजार ९०० बराबरको लत्तकपडा,७७ हजार,६९० को किराना खाद्यान, २ लाख २० हजारको ४ थान मोटरसाईकलसहित चारै जनालाई आवश्यक कार्यवाही को लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ ।