ठमेलबाट ३ करोड भन्दा बढीकाे कोकिनसहित विदेशी नागरिक पक्राउ

2.73k
Shares

काठमाडौं ।
ठमेलको ज्याठास्थित एक होटलबाट लागु औषध १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन रहेका छन् । इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् उनी काठमाडौं आएका थिए । उनले उक्त कोकिन निलेर काठमाडौं ल्याएको पाइएको ब्युरोका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिएका छन् ।

निलेको कोकिन काठमाडौं आएपछि मलद्वारबाट निकालेर बच्चाको खेलौना (डल) मा लुकाएर राखेको अवस्थामा ब्यूरोको टोलीले बरामद गरेको हो । बरामद कोकिनको बजार मूल्य ३ करोड ८० लाख बराबरकाे रहेकाे डीएसपी शाहीले जानकारी दिए । घटनाबारे थप भई अनुसन्धान भइरहेको छ।