सोह्र किलो चरेससहित एक महिला पक्राउ


काठमाडौँ।

कैलालीको गोदावरीबाट सोह्र किलो चरेससहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बझाङको बुङ्गल नगरपालिका–२ दहबगर मल्ली बत्थी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ तेघरी बस्ने ४५ वर्षीया मङ्गलीदेवी धामीलाई शनिबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह धामीले घरमा लागुऔषध (चरेस)को ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा खानतलासी गर्दा निजको घरमा बोराभित्र लुकाइछिपाइ राखेको १६ किलो एक सय ८० ग्राम लागुऔषध (चरेस) जस्तो देखिने कालो पदार्थ बदामद गरिएको जानकारी दिए ।

उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।