नेप्सेमा सामान्य वृद्धि, १८ अर्बको कारोबार

1.88k
Shares

काठमाडौँ ।

आज नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक २.११ अङ्कले बढेर २९६८.४४ बिन्दुमा कायम भएको हो ।

आज ३३७ कम्पनीको ४ करोड १४ करोड ५४ हजार ६११ कित्ता शेयर २ लाख १४ हजार ३ सय १९ पटक खरिदबिक्री हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ९९२ बराबरको कारोबार भएको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६६ करोड दुई लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको १२ लाख ९४ हजार १३० कित्ता शेयर किनबेच भएको छ ।