विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


धनगढी ।

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका – ८ बस्ने २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेना रहेका छन् ।

धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित बहिनीको कोठामा १७ वर्षीया आफ्नै विद्यार्थीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक तिमिल्सेना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले गत बिहिवार शिक्षक तिमिल्सेनाले बाल यौन दुरुपयोग गरेको भन्दै उजुरी परेको बताएको छ।बाजुराको त्रिवेणी नगरपालिका–७ स्थायी घर भएका तिमिल्सेना धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका शिक्षक हुन्।

यो सम्बन्धमा प्रहरीले जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको बताएको छ।