बालिकालाई जवरजस्ती करणी गर्ने शिक्षक पक्राउ

2.44k
Shares

काठमाडौं ।

बालिकालाई जवरजस्ती करणी गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेका सिद्वदेवी मावि पिपलबोटेका शिक्षक राजकुमार नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शिक्षक नेम्वाङले फिदिम नगरपालिका १ सुन्तली चोकमा आफ्ना अविभावकसँग बस्दै आएकी १५ वर्षीया एक बालिकालाई जवरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएकाे छ ।

नेम्वाङले आइतबार राती आफुलाई जवरजस्ती करणी गरेको भन्दै पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दर्ता गराएकी थिइन् ।

उक्त उजुरीका आधारमा नेम्वाङलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।